बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी प्रधानमन्त्री ओलीको दाबी
समाचार

बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी प्रधानमन्त्री ओलीको दाबी

  • सिधा दृष्टी मङ्लबार, भदौ १२, २०७५ | August 28, 2018

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने दाबी गरेका छन्।

काठमाडौंमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका जनता–जनताबीच आवतजावत सहज बनाउन सम्पर्क सञ्जाल विस्तार गर्न

तथा साझेदारी र सहयोग बढाउन सम्मेलन निकै उपयोगी हुनेछ।”

संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि नयाँ सरकारले आयोजना गरेको पहिलो ठूलो कार्यक्रमका रुपमा बिम्स्टेक शिखर सम्मेलन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रका जनताको आर्थिक समृद्धि, यातायात सञ्जाल विस्तार तथा बौद्ध परिपथ निर्माण र विस्तार गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय