मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
मुख्य खबर

बल्खु तरकारी बजारमा अवैध पसल

  • सिधा दृष्टी सोमवार, भदौ ११, २०७५ | August 27, 2018

काठमाडौं । निजी क्षेत्रले सञ्चालन गर्दै आएको बल्खु तरकारी बजारमा अवैध पसलहरु रहेको पाइएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति विभागले तरकारी बजारमा छापा मार्दा अधिकांश पसलहरु बिनादर्ता सञ्चालन गरेको पाइएको हो ।
सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको विभागले जनाएको छ । व्यापारीहरुसँग प्यान नम्बरसमेत नरहेको, अधिकांश व्यापारीले बाहिरबाट किसानसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ ।
विभागका निरीक्षक अधिकृत टोलीले दीपक खरेलको नेतृत्वमा

पुगेको टोलीले बजारमा छापा हान्ने थाहा पाएपछि त्यहाँका पसलेहरु विरोधमा उत्रेका थिए । सरकारी टोलीमाथि अभद्र व्यवहार गरेपछि व्यापारी रवि साह पक्राउ परेका छन् । साहलाई पक्राउ गरेपछि व्यापारीले बजार भित्र र बल्खु चोकमा निस्केर विरोध प्रदर्शन गरेका थिए ।
त्यसो त बल्खु तरकारी बजारमा मात्र नभएर कालीमाटी फलफूल तथा तरकारी बजारमा पनि पनि सरकारी टोलीलाई अनुगमन गर्न अवरोध पु¥यएका थिए । राजधानीको भक्तपुरमा उत्पादन भएको तरकारीले नपुगेपछि विभिन्न जिल्लामा उत्पादित तरकारी आउने गरेको छ । मुख्य रुपमा काठमाडौंमा मकवानपुर, धादिङ नुवकोट, सर्लाही, काभ्रेलगायत जिल्लामा उत्पादन भएको तरकारी व्यापारीहरुले ल्याउने गरेका छन् ।
तर, यसरी राजधानी भित्रिने तरकारीमा बिचौलियाहरुको एकाधिकार चल्दै आएको तरकारी व्यापारीहरु बताउँछन् ।
कृषकहरुले उत्पादन गरेको तरकारी उनीहरु स्वयंले राजधानी ल्याएर बेच्न असम्भव हुन्छ । यसकारण यहा“ बिचौलियाहरु त्यहाँ सक्रिय भइरहेका छन् । उनीहरु कृषक र उपभोक्ताहरुका बीचमा बसी तरकारीको मूल्य तोक्ने गरेका छन् । तरकारीको मूल्य कृषकले तोक्नै सकिरहेका हुँदैनन् तर बिचौलियाहरले भने आफू खुसी तरकारीको भाउ तोकेर कृषक र व्यापारीलाई ठग्ने काम मात्र गरिरहेको बताइन्छ ।
पहिलो तहमा कृषकले उत्पादन गरेको तरकारी खेतबारी छेवैमा पुगेर किन्ने नाममा उनीहरुको दादागिरी चलिरहेको सरकारको अन्दाज छ । कृषकहरुले कहिल्यै आफूमाथि न्याय नभएको भनिरहने तर यता उपभोक्ताले पनि अत्यन्तै महँगो भयो भनेर भनिरह“दा सरकारले भने केही गर्न सकेको थिएन । यहि विषयमा सरकारले अनुगमन गर्दा व्यापारीहरुले सरकारी टोलीमाथि नै आक्रमण गर्नुलाई आम उपभोक्ताले अर्थपूर्ण रुपमा लिएका छन् ।
बिचौलियाहरुबाट कृषक र उपभोक्ताहरु ठगिँदै आएका छन् । बजारमा तरकारी जत्तिकै महँगो भए पनि कृषकले त्यसअनुसारको मूल्य पाउँदैनन् । कतिपय अवस्थामा त उसले घाटा खाएर बेच्नुपर्ने हुन्छ । कालमाटीमा बिक्री हुने तरकारीको बजार मूल्य बिचौलिया र व्यापारी आफैँले निर्धारण गर्ने गरेका छन् । सरकारी निकायले बजारमूल्य निर्धारण गर्ने गरेका छन् । यसलाई सरकारले अनुगमन गर्न सकेको छैन ।
त्यसमाथि सरकारमा सहभागी दलका नेता तथा कार्यकर्ताहरु नै तरकारी व्यापारी भएकाले पनि सरकारले उनीहरुलाई कारबाही गर्न नसकेको हो । उनीहरुले अवैध रुपमा व्यापार गरे पनि सरकारले अब कसरी कानुनको दायरमा ल्याउला ? यो चाहिँ अब अहं प्रश्न भएको आम उपभोक्ता बताउ“छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय