सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • नया“ विश्व कीर्तिमान बनाउने केसीको अभियान शुरु
फिचर न्युज 1

नया“ विश्व कीर्तिमान बनाउने केसीको अभियान शुरु

  • सिधा दृष्टी आइतवार, भदौ १०, २०७५ | August 26, 2018

काठमाडौं । सबैभन्दा लामो समय सम्म बोलेर नया“ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियान सोमबारदेखि राजधानीमा शुरु हु“दैछ ।
गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा विहान ६ बजेबाट शुरु हुने अभियानको सम्पूर्ण तयारी पूरा भएको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमार राज सुवेदीले जानकारी दिए । राष्ट्रिय गौरवस“ग जोडिएको यो अभियानलाई सम्भव भए सम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न सुवेदीले अपील गरेका छन् ।
अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले

अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नया“ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नया“ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउ“दै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिए । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय