बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

आयोजक जेभियर बी अन्तिम आठमा

  • सिधा दृष्टी आइतवार, भदौ १०, २०७५ | August 26, 2018

काठमाडौं । आयोजक जेभियर इन्टरनेसनल बि टिम छैटौं जेभियर इन्टरनेसनल यु–१९ तथा दोस्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको छ । आइतबार भएको खेलमा जेभियर बिले एलए स्कुललाई सुनिल थापाको १० अंकको मद्दतले पराजित गर्दै ग्रुप डि मा प्रथम हुँदै क्वाटरफाईन्ल यात्रा तय गरेको हो ।
आइतबार नै भएको ब्वाइजतर्फको खेलमा सन्तोष ढकालको १७ अंकको योगदानमा समृद्धिले बर्नहार्टमाथि विजय भयो । यस्तै जिजिआइसीले ट्रिनिटीविरुद्ध जित निकाल्यो । उसको जितमा

अभिषेक सिंहले २४ अंक जोडे । यसैगरी द टाइम्स इन्टरनेसलनले मोर्गान इन्टरनेसनललाई पराजित ग¥यो । टाइम्सका पासाङ मास्केले २४ अंक जोडे । ब्वाईजकै प्रतियोगितामा सिसिआरसीले अनमोल खत्रीको १७ अंकको मद्दतमा ह्वाइट हाउसविरुद्ध जित निकाल्यो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय