बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य
मुख्य खबर

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य

  • सिधा दृष्टी आइतवार, भदौ १०, २०७५ | August 26, 2018

काठमाडौं ।  मौसम पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य हुने भएको छ । बाढी पहिरोसम्बन्धि जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्यूनीकरण गर्न योगदान पु¥याइरहेको पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले शुक्रबार जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
नया“ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत् बनाउँदै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । समझदारीपत्रमा एनसेलका तर्फबाट

कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा.ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् ।
नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्वसूचना प्रणालीको सञ्चालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।
एनसेल र जल तथा मौसम विज्ञान विभागले ०७३ देखि नै पूर्वसूचना प्रणालीको सञ्चालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको सुरुवातदेखि नै एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्यून गर्न मद्दत पु¥याउदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय