बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बिम्स्टेक सम्मेलनको तयारी पूरा
मुख्य खबर

बिम्स्टेक सम्मेलनको तयारी पूरा

  • सिधा दृष्टी शनिबार, भदौ ९, २०७५ | August 25, 2018

काठमाडौं । आगामी ३० र ३१ अगस्टमा हुने दुईदिने बिम्स्टेक सम्मेलनको तयारी पूरा भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौ“थो शिखर सम्मेलनको सम्मेलनको कार्यतालिका समेत परराष्ट्र मन्त्रालयले फाइनल गरेको छ ।
सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। उनीहरुको स्वागतको तयारीसमेत सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुग्ने छन् । यसअघि म्यानमारबाट राज्यपरिषद् सदस्यको प्रमुख तथा विदेशमन्त्री आङ

साङ सूचीले नेतृŒव गर्ने बताइएको थियो ।
त्यस्तै बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने कार्यक्रम छ । भुटानमा निर्वाचन चलिरहेका कारण प्रधानमन्त्रीको प्रतिनिधिŒव गर्दै वाङचुक आउने भएका हुन् ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन बिहीबार काठमाडौं आउने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका म्यानमारका राष्ट्रपति मिन्ट र श्रीलंकाका राष्ट्रपति श्रीसेनाले भगवान् गौतम वुद्धको जन्मभूमि लुम्विनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथको दर्शन गर्न जानेछन् । शनिबार उनले पशुपति क्षेत्रमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उघाटन गर्ने कार्यक्रमसमेत बनेको बताइएको छ ।
यसैबीच बिम्स्टेक सम्मेलनमा सहभागी हुने आउने विदेशी सरकार प्रमुखहरुको स्वागतमा राष्ट्रपति विद्यादेवि भण्डारीले दिवा भोजको आयोजना गर्ने भएकी छन् । बिहीबार राष्ट्रपतिले भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा दिवा भोज आयोजना गर्ने कार्यक्रम तय भएको छ । दिवाभोजस“गै सबै सदस्य राष्ट्र प्रतिनिधि मण्डलका प्रमुखहरुस“ग सामूहिक रुपमा राष्ट्रपति भण्डारीस“ग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो दिवा भोजपछि बिम्स्टेकको चौ“थो शिखर सम्मेलन उद्घाटन हुनेछ । यसैबीच प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख तथा पाहुनाहरुको सम्मानमा होटल हायातमा रात्रिभोज आयोजना गर्ने छन् । डिनरस“गै होटल हायायतमा सा“झ सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
कार्यक्रममा सदस्य राष्ट्रहरुबाट प्रतिनिधिŒव गर्ने कलाकारहरुले समेत सांस्कृतिक प्रस्तुति दिनेछन् ।
सम्मेलनले काठमाडौं घोषणापत्रलाई अंगीकार गर्ने छ । सम्मेलनको अन्तिममा बिम्स्टेकको अध्यक्ष राष्ट्र नेपालले आगामी अध्यक्षको रुपमा श्रीलंकालाई कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको उद्घाटन मन्तव्यस“ग सुरु हुने सम्मेलन ओलीको मन्तव्यबाटै समापन हुने कार्यत्रम तय भएको छ ।
सम्मेलनको अघिल्लो दिन बुधबार १६औ“ मन्त्रिस्तरीय बैठक होटल सोल्टीमा बस्नेछ । बैठकमा सदस्य देशका विदेशरपरराष्ट्र मन्त्रीहरु सहभागी हुनेछन् । बैठकले सम्मेलनका एजेन्डाहरुको मस्यौदा तय गर्नेछ ।
बैठकले बिम्स्टेक महासभा र समझदारीपत्र र काठमाडौं घोषणापत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिनेछ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सदस्य राष्ट्रका विदेश तथा परराष्ट्रमन्त्रीहरुको सम्मानमा होटल याक एन्ड यतिमा मंगलबार रात्रिभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय