काठमाडौं (एजेन्सी) । नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्डमाथि १७६ रनको फराकिलो जित दर्ता गरेको छ । शुक्रबार भएको दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेबिस पद्धतिको आधारमा १ सय ७६ रनले हराउ“दै दोस्रो जित निकालेको हो ।
मलेसियामा हुने एसिसी एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । नेपालले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली ब्लुमफिल्ड क्लबले जवाफी ब्याटिङ गरिरह“दा खराब प्रकाशको कारण खेल रोकिएको थियो
।
खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो । उसका लागि सनोज धर्सैकाले ३८, सचिन जयर्वद्धनेले ३० तथा कुसन एकनायके र सेसन फर्नान्डोले समान १६र१६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए। त्यस्तै ललितस भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १÷१ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाउ“दै ३ सय २३ रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । उनले ९६ बलमा १ सय २१ रन बनाएका थिए । यस्तै सागर पुनले ९२ रनको योगदान दिए भने कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए। ब्लुमफिल्डका लाहिरू सन्जयले २ विकेट लिए ।