काठमाडौं । पेप्सीकोला र मिन भवनस्थित आधुनिक ‘रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री नीता ढुंगाना अनुबन्धित भएकी छन् ।
सिटिईभिटीअन्तर्गत व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाका लागि वैधानिक रुपमा उत्कृष्ट सेन्टरको मान्यता पाएको उक्त पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री नीता एक वर्षका लागि जोडिएकी हुन् । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले उक्त पार्लर डेढ दशकदेखि सञ्चालन गर्दै आएकी हुन् ।
यसैबीच रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको समेत अभिनेत्री नीता, बरिष्ठ
व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
आफूले व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री नीताले बरिष्ट व्युटिसियन सुलोचना र उनको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छन् । हरेक दिनजसो सुटिङसहित विभिन्न औपचारिक कार्यक्रममा गइरहनु परेकाले नियमित रुपमा सुन्दर र तन्दुरुस्त राख्नुपर्ने उनले बताइन् ।
आगामी वर्ष ७ भदौसम्म आफूहरुले अभिनेत्री निताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन केयर, बडी केयरसहित सौन्दर्यसम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताइन् । अभिनेत्री नीतासँग आफूहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य अत्यन्त सुखद हुने विश्वास जनाइन् ।