मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री
फिचर न्युज 1

दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

  • सिधा दृष्टी शनिबार, भदौ ९, २०७५ | August 25, 2018
file photo

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई सरकारले जसरी पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । उनले दोषीलाई कारबाही गर्न कुनै कसर बा“की नराख्ने समेत बताए
घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग

गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायतले शनिबार ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गर्दै भने, ‘कञ्चनपुर घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ । त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’
प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानूनबमोजिम कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया सुरु गरेकोसमेत जानकारी दिए । घटनामा आशंका गरिएका व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानूनी कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’ उनले घटनालाई राजनीतिकरण गर्नेबाट सजग हुनसमेत आग्रह गर्दै दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति दिलाइने विश्वास दिलाएका छन् ।
नेकपाका स्थायी समिति सदस्य रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई बालुवाटारमा भेटेर घटनाका बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थिए ।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहत दिलाउन आग्रह गरेको छ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर पछिल्ला केही दिनदेखि कञ्चनपुर अशान्त रह“दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय