मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मुसलमान महिलाद्वारा भारतीय प्रधानमन्त्रीलाई ‘राखी’ उपहार
समाचार

मुसलमान महिलाद्वारा भारतीय प्रधानमन्त्रीलाई ‘राखी’ उपहार

  • सिधा दृष्टी शनिबार, भदौ ९, २०७५ | August 25, 2018

वाराणासी, (एएनआई)– मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ)का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन् ।
मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले भने, ‘बनारसमा बसोबास गर्ने हाम्रो फाउण्डेसनमा आवद्ध मुसलमान महिलाहरूले पहिलोपटक सन् २०१३ मा प्रधानमन्त्री मोदीलाई राखी पठाएका थिया“ै । त्यसपछि यसलाई निरन्तरता दिँदै

आएका छौ“ ।’
फाउण्डेसनमा आवद्ध महिलाहरूल भने, ‘उनी (प्रधानमन्त्री नरेन्द्र मोदीजी)लाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गर्छौँ । हरेक बर्षजस्तै यसबर्ष पनि उनलाई राखी पठाइने छ । हामीलाई विश्वास छ उनले हामीलाई निरन्तर संरक्षकत्व दिइरहनुहुनेछ र आवश्यकता परेको समय सहयोग गर्नुहुनेछ ।’
अन्सारीको भनाइलाई पछ्याउ“दै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले भने, ‘हामीले हाम्रो घर र समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका छौँ । हामी आशा गर्छौ“ उनले हामीलाई त्रिपल तलाकजस्ता कुप्रथाबाट मुक्ति दिलाउनुहुनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय