सुर्खेत । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्यांकअनुसार छुई अर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन् ।
कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छाड्ने गरेको एक्सनबक्र्स नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक
सोमराज जिसीले जानकारी दिएका छन् ।
उनका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्यांक देखाउ“छ ।
सार्वजनिक भएको तथ्यांकअनुसार कक्षा छदेखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन् । महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीेले दहीदूध खान पाएका छैनन् भने ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको जिसीले बताए ।
५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउबार्ने गरेका छन् । छाउपडी प्रथा उन्मूलनका लागि विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरेको जनचेतनामूलक कार्यक्रमसमेत प्रभावकारी देखिएको छैन ।
कर्णालीका ६० प्रतिशत महिलालाई सरकारी नीतिनै थाहा नभएको तथ्यांकमा उल्लेख गरिएको छ । रासस