सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरसफाइ भए मात्र आदर्श समाज बन्ने बताएका छन् । शनिबार नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उनले समाज सफा भए मात्र आदर्श समाज बन्ने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले भने, ‘जहाँ सरसफाइ छ, त्यहा“ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ ।’
सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गर्दै मानव समाजको सुन्दर र सभ्य परिचय
दिन सरसफाइ अपरिहार्य भएको बताए ।
‘सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ,’ उनले भने, ‘सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आङ्खनो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ ।’
नेपाल मानव धर्म सेवा समिति सुर्खेतका अध्यक्ष सन्त महात्मा श्री निर्मला बाइजीले हरेक व्यक्ति मनदेखि सफा हुनुपर्ने बताउँदै शान्त र विकसित समाज निर्माणका लागि भौतिक र अध्यात्मिक कुरालाई संयोजन गरेर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरेकी छन् । नैतिकतालाई सबैले मुख्य मियो बनाएर अघि बढ्न आह्वान गर्दै त्यसैमा सबैको कल्याण भएको बताइन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवक युवाको सहभागिता थियो ।