काठमाडौं । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहीबार काठमाडौं जिल्ला टेबल टेनिस संघले बिदाइ गरेको छ । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यलगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामनासहित बिदाइ गरे ।
ए्सिियन प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिला तर्फ नवीता श्रेष्ठ, स्वेच्छा नेम्बाङ र रविना महर्जन रहेका छन् । यस्तै टिम
प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंगेल तथा टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुशील शाही रहेका छन् । टेबल टेनिस १० भदौदेखि १६ गतेसम्म आयोजना हु“दै छ । टोली बिहीबार नै त्यसतर्फ प्रस्थान गरेको छ ।