काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताएका छन् ।
नेपाल विज्ञापन संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जननिर्वाचित वर्तमान सरकारका कारण लोकतन्त्र र प्रजातन्त्र खतरा पर्छ भन्नु दिवास्वप्न भएको स्पष्ट गरे । एक प्रसंगमा उनले देवानी र फौज्दारी संहिता संसद्बाट सहमतिमा नै तयार भएको र वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताउ“दै यसलाई लिएर सरकारको विरोध गर्नाको कुनै औचित्य नभएको बताए ।
नयाँ
संहिताले प्रजातन्त्र र लोकतन्त्र कसरी खतरामा पर्छ, कसरी संकुचन गर्छ भन्ने प्रश्न गर्दै मन्त्री बा“स्कोटाले संहिताले नयाँ सामाजिक विधि र मूल्य स्थापित गर्ने बताए ।
उनले भने, ‘पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको छ, विगतका वाक् तथा प्रेस स्वतन्त्रताका पक्षमा लडेका नेता सरकारका हुनुहुन्छ, यस्तो अवस्थामा सरकारको शासक बन्ने सोच छैन ।’ उनले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका कुनै मुलुकभन्दा कम नरहेको उल्लेख गर्दै उनले नया“ विज्ञापन ऐनअन्तर्गत ‘क्लिन फिड’ प्रणाली लागू हुने जानकारी दिए ।