बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

कर घटाउँदै स्थानीय तह

  • सिधा दृष्टी बिहिबार, भदौ ७, २०७५ | August 23, 2018

सिन्धुली । स्थानीय तहले बढाएको कर फिर्ता गर्न थालेको छ । मुलुक संघीयतामा गएसँगै स्थानीय तहले बढाएको करको चारैतिर विरोध गरेपछि बढाइएको रकम घटाउन थालेका हुन् ।
करमा अस्वभाविक वृद्धि भएपछि भएको विरोधलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी ओलीले स्थानीय तहलाई करमा बढाइएको रकमका बारेमा चासो दिएका थिए । उनले कर नबढाउन र बढाउनै परेमा जनताले तिर्न सक्ने गरी बढाउन भनेपछि स्थानीय तहले करमा गरेको वृद्धिलाई फिर्ता लिन थालेको हो ।
यसै क्रममा व्यक्तिगत घटना दर्ता र सिफारिस निःशुल्क

हुने दुधौली नगरपालिकाले घोषणा गरेको छ । नगरपालिकाका अनुसार सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ ।
दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने सिफारिस तथा व्यक्तिगत घटना दर्ता शुल्क निःशुल्क बनाइएको हो । सो नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० शुल्क लाग्ने नगरपालिकाले जनाएको छ । अब स्वास्थ्योपचार, दैविक प्रकोप, आर्थिक अवस्था कमजोर भएको, छात्रवृत्ति, विपन्नता आदि सिफारिस, भूकम्प प्रभावित लाभग्राहीलाई नक्सापास दस्तुर, शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाको सम्झौता र विद्यालयको बैंक खाता सञ्चालन सिफारिस निःशुल्क हुने छ ।
विद्यालयमा कर्मचारी र शिक्षक पदपूर्तिको अनुमति तथा विद्यालयको नामाकरण, अनाधिकृत निर्माण रोक्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, झगडीयाबीचको मध्यस्थता, मेलमिलाप, ज्येष्ठ नागरिक, अपाङ्ग परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको नाम समावेश गर्ने, संरक्षक प्रमाणित गर्ने संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिस अब निःशुल्क पाउने भएका छन् ।
नगरपालिकाले पहिलादेखि नै सिफारिस र दर्ता शुल्क नलिएकाले अहिले अन्य ठाउ“का स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाएकाले पहिलादेखि नै कायम रहेको निर्णयलाई सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।
नागरिकता सिफारिसका लागि दुधौली नगरपालिकाले प्रतिव्यक्ति रु ३०० लिने गरेको थियो । तर हालै भएको नगरसभाबाट प्रतिव्यक्ति रु २०० लिने निर्णय गरिएकोमा यसमा फेरि बैठक बसी निःशुल्क वा अझ कम शुल्क लिने भनी निर्णय गर्ने गरेको हो ।
जनतामा जताततै कर बढाएको भन्ने तीव्र असन्तुष्टि आएको बेला दुधौली नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क बनाउनु राम्रो भएको स्थानीयले बताएका छन् । सिन्धुलीका अरु स्थानीय तहले सो निर्णयलाई स्वागत र सिको गर्नुपर्ने स्थानीय बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय