बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • खुलेको केही दिनमै ‘अण्डर पास’ बन्द
मुख्य खबर

खुलेको केही दिनमै ‘अण्डर पास’ बन्द

  • सिधा दृष्टी बुधबार, भदौ ६, २०७५ | August 22, 2018

काठमाडौं ।  कलंकीको जाम समाधानका गर्नका लागि नेपालमै पहिलोपटक निर्माण गरिएको कलंकी–खसीबजार ‘अण्डर पास’ खुलेको एक साता नपुग्दै रोकिएको छ । जसले गर्दा जामको समस्या उस्तै देखिएको ।
१ भदौमा ‘अण्डर पास’ खुला गरिएको थियो । तर, पुन मर्मत गर्नु पर्ने भन्दै बुधबारदेखि एक साताका लागि बन्द गरिएको छ । आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बा“की रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार कालोपत्र बा“की रह“दा नै यो खुला गर्ने

योजना अनुसार खुला गरिएको थियो ।
निर्माण कम्पनीले आगामी मंसिरसम्ममा कामसक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । उनले भने, ‘सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आएका छौं ।’
कोटेश्वर–कलंकी सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको छ । ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलंकीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ ।
‘अण्डर पास’ निर्माण अरु सडकका तुलनामा महँगो पर्ने इञ्जिनीयर शर्मा अर्यालले बताए । उनले भने, ‘अण्डर पास निर्माणका लागि मात्रै कति खर्च भयो भन्ने यकिन नभए पनि तुलनात्मक रुपमा बढी लगानी परेको छ ।’ प्रविधि र लगानी दुबै हिसाबले अण्डर पास निर्माण कठीन छ ।
जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनिया“ निर्माण कम्पनी संघलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक संकेत र पेन्टिङको काम बा“की रहेको समूहले बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय