बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • नेपालले गर्यो श्रीलंकालाई १९५ रनको लक्ष्य प्रस्तुत
फिचर न्युज 1

नेपालले गर्यो श्रीलंकालाई १९५ रनको लक्ष्य प्रस्तुत

  • सिधा दृष्टी बुधबार, भदौ ६, २०७५ | August 22, 2018

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लबलाई १९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

४८.४ ओभरमा नेपालले सबै विकेट गुमाउँदै सो स्कोर बनाएको हो।

नेपालका लागि आरिफ शेखले निकै उत्कृष्ट खेल खेलेका थिए। उनले ११८ बलमा ८९ रन बनाएका हुन्। आरिफले ८२ बलमा ५० रन पूरा गरेका थिए। अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

सुवास खकुरेलले १०, अनिल शाहले ०, ज्ञानेन्द्र मल्ल २१, दिपेन्द्र ०, रोहित पौडेल १२, सोमपाल ० र विनोद भण्डारी १६ रनमा

आउट भएका हुन्। यस्तै बसन्त रेग्मी १६ रनमा आउट भए।

आज पारसले खेलेका छैनन् । पहिलो अभ्यास खेलको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । नेपालले अहिले श्रीलंकाको स्थानीय क्लब प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो ।

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम श्रीलंका भ्रमणमा छ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय