बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ५ वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
फिचर न्युज 1

५ वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

  • सिधा दृष्टी बुधबार, भदौ ६, २०७५ | August 22, 2018

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्।

पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताएका हुन्।

उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताए। लोपोन्मुख, गरीब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भने,

“न्यूनतम मापदण्ड पूरा गर्नुपर्यो, मेहनत गरेर प्रतिस्र्धामा आउन सक्नुपर्यो।”

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताए। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे नगरपालिका–१० स्थित १०८ बिघा जग्गामा सांस्कृतिक सङ्ग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय