मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
मुख्य खबर

नेपाललाई तीन पदक

  • सिधा दृष्टी सोमवार, भदौ ४, २०७५ | August 20, 2018

काठमाडौं । इन्डोनेसियामा आयोजना भइरहेको १८औं एसियन खेलकुदमा नेपाल पदकविहीन भइरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ ।
अन्तर्राष्टिय क्योकुसिनका कराते थाइल्यान्डको आयोजनमा थाइल्यान्ड स्पोर्टस अथोरिटी राजा महांगाला राष्ट्रिय रंगशालाको कभर्ड हलमा भएको ‘दोस्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता’ मा नेपालका क्योकुसिन खेलाडी विनय सिंहले कुमुतेतर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएको नेपाल ब्रान्च चिफ कान्छालाल वाईवाले जानकारी गराएका छन् ।
वाइवाका अनुसार जुनियर ३५

केजी तौलमा दिपेन सापकोटा फाइनलमा थाइल्यान्डका पा हुरुरु तानस“ग पराजित हुँदै रजतमा खुम्चिए । यस्तै सिनियरतर्फ कविराज मालीे सेमिफाइनलमा चाइनाका ह्वांगसिङसँग पराजित हुँदै कास्य पदक प्राप्त गर्न सफल भए ।
मायांका र माहिका प्रिक्वार्टरफाइनलमा
१८औ“ एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वार्टरफाइनलमा उक्त जोडीले जापानसँग मंगलबार खेल्ने छन् ।

उता, ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेइसँग ३–० ले पराजित भयो । पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेस्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए ।
महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु २४ अगस्टदेखि सुरु हुनेछ ।
यस्तै, एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टिसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए ।
२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८औँ र टिसा २२औँ स्थानमा रहे । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन् । टिसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन् ।
मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।
यता, तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वार्टरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसँग २५–५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पछि परे ।
सुटिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए ।
उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो । सुशेले ५ सय ८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२औ स्थानमा रहे ।
त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औ र सुस्मिताले ४६ औ स्थान हात पारे । दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे ।
पाराग्लाइडिङ :नेपाल तेस्रो स्थानमा
१८औ  एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकि“दा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् ।
पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ । ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औ स्थानमा छन् ।
उसु : निमा ११ औ
१२ खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औ स्थान हासिल गरेकी छन् । निमाले ९.१७ अंक जोडिन् । पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औ स्थान हात पारे । २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सान्सौ तर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीस“ग पराजित भए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय