बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सरकारको कर नीतिप्रति सांसदहरुको आपत्ति
मुख्य खबर

सरकारको कर नीतिप्रति सांसदहरुको आपत्ति

  • सिधा दृष्टी सोमवार, भदौ ४, २०७५ | August 20, 2018

काठमाडौं । देशव्यापी भ्रष्टाचार तथा अनियमितता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको सांसदहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले जताभावी कर बढाएकामा समेत आपत्ति जनाए ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरे ।
त्यस्तै, सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक

गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने बताए ।
सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गरे । उनले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्दै प्रश्न गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिन पहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो । सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशंका जन्माएको उल्लेख गरे ।
यसैबीच बैठकमा सांसद पम्फा भुसाल र दुर्गा पौडेलले देशव्यापी रुपमा अनावश्यक करको बोझ बढेका कारण जनताले दुःख पाएको भनी गुनासो गरे । उनीहरुले जनताको ढाड सेक्ने गरी सरकारले करको बोझ लगाएको भन्दै आपत्ति जनाएका थिए । करको दायराभित्र गरीब परेको भन्दै उनीहरुले कुन निकायले कस्तो कर लगाउने भन्नेमा स्पष्ट निर्देशन दिन आग्रह गरे ।
सांसद पुष्पा भुसालले पनि स्वेच्छिक रुपमा तिर्नुपर्ने करलाई जबर्जस्ती बढाइएको र साना व्यवसाय गर्नेलाई समेत कर लगाएर पेशाबाट विस्थापित हुने अवस्था आएको भन्दै आपत्ति प्रकट गरेकी थिइन् ।
सांसद उमाकान्त चौधरीले गाउँगाउँमा सिंहदरबारको नारा लगाएर निर्वाचनमा सफलता हासिल गरिए पनि पछिल्लो समयमा करका कारण गाउँमा ‘सिंह’ मात्रै आएको तर ‘दरबार’ नआएको भन्दै गुनासो बढेको बताए भने सांसद प्रमोद साहले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि भएका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएकामा आपत्ति जनाए ।
बैठकमा सभामुख कृष्णबहादुर महराले कर तथा कृषकसँग सम्बन्धित विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताएका थिए । प्रतिनिधिसभाको बैठकको शून्य र विशेष समयमा सांसदले सदन र सरकारको पटक–पटक ध्यानाकर्षण गराएपछि उनले आफ्नो पनि ध्यानाकर्षण भएको उल्लेख गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय