बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय
फिचर न्युज 1

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

  • सिधा दृष्टी सोमवार, भदौ ४, २०७५ | August 20, 2018

बैतडी ।  शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताउनुभयो । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य

६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ ।
बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएको अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिकाले गतवर्ष नै आफ्नो निकायभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा इन्टरनेट र ई–हाजिरी जडान गर्ने कार्यक्रम थियो । इन्टरनेट जडान गर्न विद्यालयलाई ५० हजारदेखि एक लाख ५० हजारसम्म रकम विनियोजन गरेको दोगडाकेदार गाउँपालिकाको कार्यालयले जनाएको छ । विद्यालयमा विद्युतीय हाजिरीले शिक्षकको नियमितता बढेको, इन्टरनेट र प्रोजेक्टर जडान गरेपछि विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभयो । इन्टरनेट जडानले एसइई लगायतका परीक्षाफल हेर्न सजिलो भएको छ । उहाँले भन्नुभयो,“प्रोजेक्टरको माध्यमबाट पढाइ गर्दा पठनपाठनमा सुधार हुँदै गएको छ” राससस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय