काठमाडौं । उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । झापाका उमेश ७५ केजी माथिको तौल समूहको च्याम्पियन हुँदै मिस्टर माउन्टेनको फाइनल चरणमा प्रवेश पाएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको फाइनल स्पर्धामा आ–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् ।
नेपलिज फेडेरेसन अफ बडिविल्डिङ एन्ड फिटनेसको आयोजनमा सञ्चालित प्रतियोगिताकोे फाइनलमा उमेशले ५५ केजी तौल समूहका विजेता आभाष प्याकुरेल, ६० केजीका विजेता गौरवकुमार श्रेष्ठ, ६५ केजी
समूहका विजेता अशिष देवा, ७० केजीमा सन्दीप श्रेष्ठ र ७५ केजीका विजेता मरिचमान लामालाई पछि पादै मिस्टर माउनटेनको ताज पहिरिएका हुन् । उमेशले उपाधिसम्गै तीन लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा देशभरका एकसय ५० खेलाडीले भाग लिएका थिए । विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए ।