• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
मङ्लबार, बैशाख २८, २०७८ | Tuesday 11th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • साउदीको मक्कामा २० लाख हजयात्री
मुख्य खबर

साउदीको मक्कामा २० लाख हजयात्री

  • ishwor आइतवार, भदौ ३, २०७५ | August 19, 2018
yoho2

मक्का, (एएफपी)– विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो ।
मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । ‘हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो,’ फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले भने ।
‘यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण

Real Shoes 1

अहिले पाएको छु,’ ५३ बर्षीय मोहरीले एएफपीलाई सुनाए ।
हरेक मुस्लिम धर्माबलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ । हजयात्रा स्थलमा दशौं हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २,३०० हजयात्रीको मृत्यु भएको थियो ।
हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यस पटक ‘स्मार्ट हज’ एप बनाएर त्यस मार्फत सूचना तथा जानकारीहरु दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरु राखिएका छन् । साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिए । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्माबलम्वीहरु यहाँ भेला भएको गृहमन्त्रीले बताएका छन् ।
यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राती मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरुमा उनीहरु रहने अधिकारीहरुको भनाई छ ।
मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौं बस र अरु सवारी साधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् ।
सोमबार, हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम अनुसार, त्यसपछि उनीहरु अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् । उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ शैतानमाथि साङ्केतिक रुपमा ढुङ्गा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चीनले उपलव्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ ।

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री चीनले बेइजिङमा हिजो नेपाललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा

  • ५९ मिनेट अघि
हिपत खबर
भर्खरै
श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा…

कैलालीको भजनी नगरपालिका-१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको

  • १ hour अघि
हिपत खबर
भर्खरै
विषम परिस्थितिबीच अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाईछिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको

  • १ hour अघि
हिपत खबर
पर्यटन
१७ जेठसम्म लम्बियो अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिवन्ध

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर

  • १ hour अघि
हिपत खबर
भर्खरै
उपत्यकामा थपिए ३९२७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा

  • १ hour अघि
हिपत खबर
भर्खरै
COVID-19 को यस्तो त्रासद समयमा गरिएको घिनौलो राजनीतिक मंचनले सयौ नागरिकको हत्या निश्चितः उद्धब खत्री(बद्री)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं संगठन बिभाग प्रमुख उद्धब खत्री-बद्री ले अहिले भईरहेको सत्ता जोगाउने खेललाई घीनौलो संकेत गर्दै भनेका छन ‘ नेपाली राजनीतिको यो घिनौलो मंचनले नेपाली

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।  यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएयस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
घट्न थाले भारतमा कोभिड संक्रमित

२४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड-१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै

  • ४ घन्टा अघि