बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • आफुले बोल्दै नबोलेको कुराको प्रचार गरीयो : मन्त्री खनाल
फिचर न्युज 1

आफुले बोल्दै नबोलेको कुराको प्रचार गरीयो : मन्त्री खनाल

  • सिधा दृष्टी शनिबार, भदौ २, २०७५ | August 18, 2018

बुटवल । संघीय सरकारका कृषि तथा पशु पंक्षी मन्त्री चक्रपाणी खनाल वलदेवले जग्गामा हदवन्दी लगाउने र सबै जग्गा सरकारीकरण हुने भन्ने कुरा आफूले कही कतै नबोलेको प्रष्टिकरण दिएका छन् ।
आफुले कही कतै नबोलेको कुरालाई आफ्नै गृह जिल्ला कपिलवस्तुमा गलत प्रचार गरिएको भन्दै उनले अर्कै प्रसंगमा उदाहरणको रुपमा प्रस्तुत गरेको कुरालाई लिएर गलत प्रचार गरेकोमा आपत्ति जनाए ।
शनिबार रुपन्देहीको मंगलापूरमा आयोजित नेपाल ट्रेक्टर महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री खनालले केही

विलासीताका सामानमा बाहेक संघीय सरकारले कर नबढाएको दाबी गरे ।
सरकारले कर बृद्धि गरेको भनि जता ततै बिरोध भैरहेको भन्दै उनले संबिधानमा व्यवस्था भए बाहेक कुनै स्थानीय तहले कर बृद्धि गरेको पाइए सच्याउन आग्रह समेत गरे ।
ट्रेक्टर व्यवसायीहरुका समस्या समाधान गर्न आफु तयार रहेको भन्दै नेकपाका नेता समेत रहेका मन्त्री खनालले आपसमा छलफल गरेर समाधान गर्न सकिने बिषयमा आफुले छिट्टै पहल थाल्ने आश्वासन समेत दिए ।
कृषि प्रयोजनका लागि भनेर ट्रेक्टर ल्याउने तर अन्य व्यवसायीक काममा लगाउने गरेका कारण बेथिती बढेको भन्दै उनले ट्रक,बस तथा अन्य सार्वजनिक सवारी साधनस“ग सम्बन्धीत समितिहरुलाई र ट्रेक्टर समितिलाई एउटै नियम लगाउनु उचित नहुने भन्दै मन्त्री खनालले त्यस विषयमा पनि सम्बन्धीत निकायसँग छलफल गरेर समस्या समाधानको पहल गर्ने बताए ।
खेतियोग्य जमिनमा बढ्दो खण्डिकरणका कारण कृषि उत्पादन घट्दै गएको भन्दै उनले जमिनको चक्लावन्दी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य दधिराम न्यौपानेले जुन देशका नागरीकले कर तिर्दैनन् सो देश कहिल्यै विकसीत हुन नसक्ने बताउँदै मुलुकको विकासका लागि नागरीकले कर तिर्नु पर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘कर हुने खानेले तिर्ने हो । गरिव, सुकुम्वासी र भुमिहीन जनताले होइन । कहि कतै उनिहरुसँग पनि कर लिइएको छ भने सच्याउनु पर्छ, तर कर बृद्धिको विषयलाई अनावश्यक रुपमा उचाल्नु हुँदैन ।’
नेपाल ट्रेक्टर महासंघका अध्यक्ष प्रदिप प्रसाद, नेकपा रुपन्देहीका नेता कबिराम अर्याल, नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य गणेश शर्मा, महासंघका वरिष्ठ उपाध्यक्ष शंकर पौडेल, महासचिव खेम गौतम, संघका कास्की जिल्ला अध्यक्ष भरत गिरी, प्युठान अध्यक्ष महेश्वर केसी, कैलाली अध्यक्ष पदम सिं रावल, झापा जिल्ला अध्यक्ष चन्द्र बहादुर थापा लगायतले ट्रेक्टर धनिहरुका समस्या बारे जानकारी गराउँदै समस्या समाधानका लागि कृषि तथा पशु पंक्षी मन्त्रीको ध्यानाकर्षण गराएका थिए । महाधिवेशनले महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय