बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • गुम्बा विहार पुर्ननिर्माणको माग गर्दै प्रदर्शन
फिचर न्युज 1

गुम्बा विहार पुर्ननिर्माणको माग गर्दै प्रदर्शन

  • सिधा दृष्टी बुधबार, साउन ३०, २०७५ | August 15, 2018

काठमाडौं । भूकम्पले भत्किएका गुम्बा तथा विहारको पुर्ननिर्माण छिटो गर्न माग गर्दै बुधबामर राजधानीमा प्रदर्शन गरिएको छ । नेपाल गुम्बा/विहार महासंघको नेतृत्वमा भएको प्रदर्शन भृकुटीमण्डप–भद्रकाली–शहीदगेट–नेपाल वायु सेवा निगम–जमल–घण्टाघरहुँदै शान्तिवाटिकामा पुगेर सम्पन्न गरिएको थियो ।
भूकम्पले भत्किएका एक हजार ३२० गुम्बा/विहारको सर्वेक्षण गरिएकामा ८९५ पुर्ननिर्माण गर्नुपर्ने प्रतिवेदन तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाईले सार्वजनिक गरेको थियो ।
यसैगरी ३३१ गुम्बा/विहारको मर्मतसम्भार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनमा बौद्ध धर्मगुरु, गुम्बा/विहारका अधिकारी लगायतको सहभागिता थियो

। ¥यालीपछि आयोजित कार्यक्रममा पूर्वमन्त्रीत्रय दिलमान पाख्रिन, परशुराम तामाङ र आङछिरिङ शेर्पाले गुम्बा/विहार र आदिवासी जनजातिलाई सरकारले फरक व्यवहार गरेको भन्दै आपत्ति जनाए ।
महासंघका अध्यक्ष सोम्वले तामाङ र महासचिव रामेश्वर ढकालले छिटो पुर्ननिर्माणको योजना सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे । गत वर्ष महासंघले नै आन्दोलन गरेर गुम्बा/विहारको सर्वेक्षण भएको थियो । एकाईले महासंघसँग छबुँदे सम्झौता गरी पुर्ननिर्माण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय