बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • साउनको अन्तिम सोमबार मनाउँदै भक्तजन
फिचर न्युज 1

साउनको अन्तिम सोमबार मनाउँदै भक्तजन

  • सिधा दृष्टी सोमवार, साउन २८, २०७५ | August 13, 2018
Pasupati Temple

काठमाडौं–साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनहरुको घुइचो लागेको थियो ।
दर्शनार्थीको सुविधाको लागी भनेर बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मूल मन्दिर प्रवेशका लागि पिङ्गलास्थान, जयवागेश्वरी, मित्रपार्क र उमाकुण्डबाट भक्तजनको लाम लागेका थिए ।
अन्तिम सोमबार दिउँसो साढे एक बजेसम्म मात्र करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको अनुमान छ ।
सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको पनि भीड लागेको थियो

। उनीहरु बोल बम भन्दै आइतबार राती देखि नै पशुपति परिसरमा भेला भएका थिए । जसको कारण पशुपति क्षेत्र वरपर आइतबार दिउँसो देखि नै गाडीको जाम भएको थियो । ॐ बोल बम का“वरिया सङ्घले सोमबार संस्थागत रुपमा सुन्दरीजल–पशुपति काँवर यात्रा गरेको हो । हजारौ“ भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाएका थिए ।
विशेष गरी महिलाहरु रातो, हरियो र पहेँलो वस्त्र लगाएर पशुपतिनाथ दर्शन गर्न आएका देखिन्थे । पुरुष भक्तजन र बोल बम यात्री भने पहेँलो कपडा लगाएर दर्शन गर्न आएका थिए । पशुपति जाने दर्शनार्थीका लागि कोषले पिङ्गलास्थानबाट दक्षिणढोका अघिसम्मको सडक भत्काएका कारण आवतजावतमा समस्या परेको थियो ।
चार सोमबार परेको सौरमासअनुसार साउनका सोमबार सकिएको छ । चन्द्रमासअनुसार भदौ ४ गते पनि सोमबार परेको छ । चन्द्रमासअनुसार अर्को सोमबार पनि पशुपतिनाथ मन्दिरमा भक्तजनहरु आउने छन् ।
पशुपतिसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, आशापुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम छ । साउने सोमबार व्रत बसी महादेवको पूजा आरधना गरी गाईको दूध, जल चढाएमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय