काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तालिका बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मर्मत भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा संसद्लाई जानकारी गराउ“दै उनले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमान सञ्चालनमा अवरोध नहुने गरी धावनमार्गको मर्मत भइरहेको बताए । नेपाल वायु सेवा निगमसँग भएका विमान र सञ्चालनमा भइरहेका उडानका बारेमा जानकारी गराउँदै उनले निगमको प्रभावकारिताका लागि जनशक्ति व्यवस्थापन र प्रविधि विकासमा ध्यान दिइएको बताए ।
पछिल्लो समयमा गरिएका दुई ठूला
विमान खरीद प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफमा उनले खरीदको प्रक्रिया लामो रहेको र त्यस बारेमा मन्त्रालयले अध्ययन गरिरहेको बताएका थिए । उनले अध्ययनपछि सांसदलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुलुकको पर्यटन क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि मन्त्रालयले छानबिन गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए । छिमेकी मुलुक चीन र भारतबाट पर्यटन भित्र्याउनका लागि विभिन्न पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाएको उनँले उल्लेखका छन् ।
त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भइरहेका निर्माण र विस्तारका बारेमा भएका पछिल्ला कार्यका बारेमा मन्त्री अधिकारीले जानकारी गराउ“दै सन् २०२० को भ्रमण वर्षको मन्त्रालयका तर्फबाट पूर्ण तयारी रहेको र उक्त कार्यमा सबैको सहयोगका अपेक्षा गरेको बताए । उनले भने, ‘मुलकभरका अन्य विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ ।’
मन्त्री अधिकारीलाई सांसद दिलेन्द्रप्राद बडूले हवाई क्षेत्रमा गरिएको बीमाको व्यवस्थाका बारेमा प्रश्न गरेका थिए । त्यस्तै सांसद संजयकुमार गौतमले ठूला विमानको सुनिश्चितका बारेमा, सांसद भरतकुमार शाहले भैरहवाको विमानस्थल निर्माणको पछिल्लो अवस्थाका बारेमा, सुजाता कोइरालाले विमान अवतरण गर्दा आकाशमै रोक्नुुपर्ने अवस्था कहिलेसम्म रहन्छ भन्ने जिज्ञासा राखेका थिए ।
बैठकमा रामेश्वर राय यादव, प्रकाश रसायली, छक्कबहादुर लामा, गोपालबहादुर बम, मोहन बाँनिया, महेश्वर गहतराज, महेन्द्र राय यादव, तेजुलाल चौधरी, प्रेम सुवाल, उमाकान्त चौधरी, शरत्सिंह भण्डारी, उमाशंकर अर्ग्रिया, प्रदीप यादव, सरिता न्यौपाने, बिनाकुमारी श्रेष्ठ, यशोदा गुरुङ सुवेदी, विष्णु शर्मा, रामबहादुर विष्ट, पुष्पा भूषाल, देवेन्द्रराज कँडेल, रेखाकुमारी झा, नरबहादुर धामी, मीना सुब्बा, सरिताकुमारी गिरीलगायतले पनि पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्री अधिकारीसँग प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री अधिकारीले संसद्प्रति सरकारलाई जवाफदेही बनाउन सांसदहरुले राख्ने जिज्ञासाले ठूलो योगदान पु¥याउने बताउ“दै निगमका विमानका सेवा ठीक समयमा सञ्चालन हुनेमा आश्वस्त पारेका थिए ।