बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड’
समाचार

ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड’

  • सिधा दृष्टी आइतवार, साउन २७, २०७५ | August 12, 2018

काठमाडौं । गायक फणिन्द ठकुरी ‘एसियाली युवा प्रोत्साहन अवार्ड’बाट सम्मानित भएका छन् ।
गीतसंगीत क्षेत्रबाट समाजका विभिन्न समुदायमा बिभिन्न तरिकाबाट योगदान दिएको भन्दै गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो । लामो समयदेखि गीतसंगीतप्रति देखाएको जिम्मेवारीको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
राजधानीस्थित राष्ट्रिय सभागृहमा शनिबार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्धारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ कार्यक्रममा सभामुख कृष्णबहादुर महराले गायक ठकुरीलाई सम्मान गरे । कार्यक्रमका प्रमुख अथिति महराले लोकतन्त्रको रक्षा, युवा

नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिस“ग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्दै विकासका साझा मुद्दाहरुमा सबै एक ठाउ“मा उभिएर अघि बढ्नुपर्ने बताताए ।
कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुंगेललगायतले बोलेका थिए । कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवालाई सम्माान गरिएको छ ।
कार्यक्रममा भारत, भुटान, बंगलादेश, श्रीलंका, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरबाट सामाजिक कार्यक्रममा क्रियाशिल एक–एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय