शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नवलपरासीका अपांगतालाई ह्विल चेयर
मुख्य खबर

नवलपरासीका अपांगतालाई ह्विल चेयर

  • सिधा दृष्टी आइतवार, साउन २७, २०७५ | August 12, 2018

नवलपरासी ।  नवलपरासीमा अपाङ्गता भएको २२ जना व्यक्तिहरुलाई ह्वीलचर तथा ट्राईर्साइकल वितरण गरिएको छ ।
जनजागृति अपाङ्ग संस्था नवलपरासीकोे आयोजना तथा प्रतापपुर र सुस्ता गाउ“पालिका एवं राष्ट्रि अपाङ्ग पुर्नस्थापन समाज अनामनगर काठमाडौंको आर्थिक सहयोगमा प्रतापपुर र सुस्ता गाउ“पालिबाट गरि कुल २२ जनालाई ह्वीलचेयर र ट्राईसाइकल वितरण गरिएको हो ।
संस्थाको अध्यक्ष बच्चा रामभरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य अजय बहादुर शाहीले १४ जना अपाङ्गहरुलाई ह्वील चेयर र ८ जनालाई ट्राईसाईकल वितरण गरेको अध्यक्ष बच्चा

राजभरले बताए । अपाङ्गहरुलाई संरक्षण र हिलडुल गर्ने उद्देश्यले यो ह्वीलचेयर तथा ट्राईसाईकल वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अजय बहादुर शाही, प्रतापपुर गाउ“पालिका प्रमुख राजकुमार शर्मा, सुस्ता गाउ“पालिका प्रमुख रामप्रसाद पाण्डे, राष्ट्रिय अपाङ्ग पुर्नस्थापन समाजका प्रमुख सुगम भट्टराई, प्रतापपुर गाउ“पालिका वार्ड ६ का अधयक्ष हरि उपाध्याय, ८ का वार्ड अधयक्ष कादिर अलि लगायतले अपाङ्गहरुको समस्यालाई सामाधान गर्न लागी पर्ने बताए । यी वक्ताहरुले अपाङ्गहरुको हकअधिकार स्थापित गराउन र अपाङ्गहरुको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय