शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • अख्तियारद्धारा अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर राजश्व अशुली
फिचर न्युज 1

अख्तियारद्धारा अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर राजश्व अशुली

  • सिधा दृष्टी आइतवार, साउन २७, २०७५ | August 12, 2018

प्रकाश खनाल
बुटवल–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर राजश्व अशुल गर्न सफल भएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७३/०७४ मा दुई करोड १९ लाख रुपयाँ राजश्व अशुल गरेको आयोगको बुटवल स्थित कार्यालयले आर्थिक बर्ष २०७४/०७५ मा चार करोड आठ लाख रुपया“ राजश्व अशुल गरेको छ ।
सो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै दोब्बरले बढी हो ।
अघिल्लो आर्थिक बर्षमा एउटा मात्रै स्टिङ्ग अपरेशन गरेकोमा आ.व.२०७४/०७५ मा छ वटा

स्टिङ्ग अपरेशन गरि एक उप सचिव र एक अधिकृत सहित सात जना कर्मचारीहरुलाई पक्राउ गरी मुद्धा चलाएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा व्यक्तिले अतिक्रमण गरेको २५ बिघा १० कठ्ठा ११ धुर जग्गा नेपाल सरकारकारका नाउमा फिर्ता गराउन सफल भएको अख्तियारले जनाएको छ ।
अतिक्रमित सरकारी जग्गा मध्ये नवलपरासीको सिसवार शिवराज नगरपालिकाको २४ बिघा, रामग्राम नगरपालिकाको दुई कठ्ठा, रुपन्देही कम्हरीयाको आठ धुर, रुपन्देहीकै मर्चवार, सालझण्डी, अर्घाखाँची र पाल्पाको बासटारीको जग्गा फिर्ता गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवललका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए ।
शिक्षक नियुक्ति, स्थानीय तहमा गठित उपभोक्ता समिति र सरकारी कार्यालयले सार्वजनिक खरिद ऐन बिपरित सामाग्रि खरिद गरेका उजुरीहरु बढी मात्रामा पर्ने गरेको बुटवल स्थित अख्तियारको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आ.व.२०७४÷०७५ मा आयोगमा दर्ता भएका कूल आठ सय ५७ वटा मुद्धा मध्ये पाँच सय २२ मुद्धा शिक्षा र स्थानीय तहसँग सम्बन्धीत रहेका छन् ।
शिक्षामा पनि सबै भन्दा बढी शिक्षक नियुक्तिमा अनियमीतताका मुद्धा रहेका छन् भने स्थानीय तहमा गठित उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धीत मुद्धा बढी छन् ।
आयोगमा परेका उजुरीहरु उपर छानबिन गरि दोषि देखिएकालाई मुद्धा चलाउने कार्य मात्र नगरेर बिभिन्न सरकारी कार्यालयका अधिकारीहरु र विद्यालयहरुमा भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धनात्मक कार्यक्रम समेत सञ्चालन गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगको बुटवल कार्यालयले गत आ.व.२०७४/०७५ मा आफ्नो कार्यक्षेत्र अन्तर्गतका ६ जिल्लामा सरकारी कार्यालयका प्रमुख तथा अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै १३ वटा विद्यालयहरुमा भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको सो कार्यालयले जनाएको छ ।
अख्तियारको बुटवल कार्यालयमा परेका कूल आठ सय ५७ मध्ये सबैभन्दा बढी रुपन्देहीका तिन सय आठ र गुल्मीमा सबै भन्दा कम ४८ वटा मुद्धा मात्र दर्ता भएका छन् । त्यसैगरी नवलपरासीका एक सय ९७,कपिलवस्तुका एक सय ७९, अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्धा दर्ता भएको सो कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय