काठमाडौं । ओली सरकारले कानूनमन्त्रीमा एमालेका सांसद भानुुभक्त ढकाललाई नियुक्ति गरेको छ।
एमालेका धेरै नेताहरुको कानूनमन्त्रीको पदका लागि चर्चा भएपनि अन्ततः ओली नजिक भनिएका भानुभक्त ढकाललाई नियुक्त गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका हुन्। शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन्।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पदमा अर्याल नियुक्त भएकी छिन्। उनी यसअघि स्वास्थ्य राज्यमन्त्री
थिइन्। स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादब आएपछि उनलाई नयाँ जिम्मेवारी दिइएको छ। स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन्।