बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ‘सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने’
फिचर न्युज 1

‘सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने’

  • सिधा दृष्टी बिहिबार, साउन १७, २०७५ | August 2, 2018
file photo

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि विहिबार पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउएका हुन ।
जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गरे।
अध्यक्ष थापाले नेपाली काँग्रेसलाई पराजयको

हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् भन्नुभयो ।
अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय