बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्टका उपमन्त्री वाङ याजुनबीच भेटर्वार्ता
फिचर न्युज 1

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्टका उपमन्त्री वाङ याजुनबीच भेटर्वार्ता

  • सिधा दृष्टी सोमवार, साउन १४, २०७५ | July 30, 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनबीच भेटर्वार्ता भएको छ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा वार्ता भएको जनाइएको छ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे। चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उनको सचिवालयले जनाएको

छ।

अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले भने, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी को कुरा उठाएको थिएँ। अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ।”

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए।

उनले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिए। उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय