मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन बारे
फिचर न्युज 1

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन बारे

  • सिधा दृष्टी बुधबार, साउन ९, २०७५ | July 25, 2018
file poto

पूर्णप्रसाद मिश्र
काठमाडौं–गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् ।
गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवं भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तयार नभएकाले सञ्चालनमा ढिलाइ भएको स्वीकार्छन् ।
‘स्मारक जेठ पहिलो साता नै तयार

भए पनि आर्थिक वर्षको अन्त्य भएकाले कार्यविधिको मस्यौदा गर्न सकिएन, कार्यविधि मस्यौदा गरेर चार महिनासम्ममा शहरी विकास मन्त्रालयमा पेश गर्छौं, निर्णय भएपछि स्मारक सञ्चालनमा आउँछ’ उनले भने ।
कार्यविधिमा सञ्चालन गर्न कसलाई दिने, कसरी सञ्चालन गर्ने र स्मारकभित्र के के राख्ने आदि विषय समावेश गरिने विभागले जनाएको छ । स्मारकको आन्तरिक सजावटको बोलपत्रसमेत भएको छैन । विभागले ४२ करोडको लागतमा नारायणहिटी दरबार संग्रहालयको ३५ रोपनी क्षेत्रफलमा स्मारक निर्माण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचा सहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । शहीदको भावना सम्झने स्थलका रुपमा स्मारक निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मचाकाजी महर्जनले जानकारी दिए ।
स्मारकमा अंगभंग भएका, बेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ । तयार भएका संरचनाको मर्मत एवं बाह्य सजावटका काम भइरहेको निर्माणको जिम्मेवारी पाएको विकोई/स्काई/बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए ।
स्मारकस“गै निर्माण गर्ने घोषणा गरिएको गणतन्त्र स्तम्भ बन्ने अझै टुंगो छैन । स्तम्भ निर्माण गर्न दुई अर्ब लागत लाग्ने अनुमान गरिएकाले अहिले आधारभूत आवश्यकतामा पर्न नसकेको हुनसक्ने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर महर्जनले बताए । स्तम्भका लागि चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छैन ।
मन्त्रिपरिषद्ले त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगैको जग्गामा स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो । स्तम्भको ड्रइङ डिजाइन तयार भए पनि बजेटको अभावमा काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय