बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जंगली जनावरबाट घाइतेलाई रु एक लाखभन्दा बढी सहयोग
समाचार

जंगली जनावरबाट घाइतेलाई रु एक लाखभन्दा बढी सहयोग

  • सिधा दृष्टी सोमवार, असार ३२, २०७५ | July 16, 2018

प्रेम राैले
बाजुरा । भालुको आक्रमणमा परी घाइते भएकी बाजुरा बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडालाई जिल्ला वन कार्यालय बाजुराले आज आर्थिक सहयोग गरेको छ ।
घर नजिकै रहेको वनमा घाँस काट्न गएका बेला गत मंसिर २५ गते भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
भालुको आक्रमणबाट घाइते भएका कारण उनलाई कानूनी प्रक्रियाअनुसार कार्यालयले रु एक लाख ९६ हजार ११२ चेकसहित हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय बाजुराका वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

/> आक्रमणमा उखेडाको बायाँ आँखासमेत गुमेको छ, आफन्त मदन विकले भन्नुभयो, “उपचारमा अहिलेसम्म रु ६ लाख खर्च भएको छ ।” उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको विकले बताउनुभयो ।
वन कार्यालयको उक्त सहयोगले उपचारमा थप राहत पुग्ने विश्वास आफन्तको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय