बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
समाचार

आर्मी सेमिफाइनलमा

  • सिधा दृष्टी सोमवार, असार १८, २०७५ | July 2, 2018
फाइल तस्विर

 

काठमाडौँ । ललित स्मृति अठार वर्षमुनि (यु–१८)को राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत सोमबार भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आर्मीको लागि आत्मघाती गोल गरेका थिए ।
त्यस्तै आर्मीका लागि विवेक चौधरी र सुसन लामाले गोल गरेका थिए ।
आर्मीले सेमिफाइलनमा अब मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मोरङले क्वाटरफाइलनमा

च्यासल फुटबल क्लबलाई पराजित गरेको थियो । आर्मी समूह ‘ए’को विजेताको रुपमा अन्तिम आठमा पुगेको थियो भने हिमालयन समूह ‘डि’ बाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । आर्मी समूह चरणदेखि नै अपराजित टोली हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय