बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
फिचर न्युज 1

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

  • सिधा दृष्टी सोमवार, असार १८, २०७५ | July 2, 2018
lgod lgnDjg k|:tfj :jLs[t ub}{ ;f+;b ;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf k|ltlglw;ef lgodfjnL, @)&% sf] lgod @%) adf]lhd lgod lgnDjg;DaGwL k|:tfj :jLs[t ub}{ ;f+;b . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ भन्नुभयो ।
सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा

ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिनुभयो ।
सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताउनुभयो ।
सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गर्नुभयो ।
सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताउनुभयो ।
सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद नन्दा चपाईंले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।
सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणा शासनविरुद्ध अरुण नदीमा हाम फाल्नुपर्ने कारणका बारेमा अध्ययन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय