बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा तोक्यो ठाउँ, माइतीघरमा नपाइने !
फिचर न्युज 1

विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा तोक्यो ठाउँ, माइतीघरमा नपाइने !

  • सिधा दृष्टी बिहिबार, असार १४, २०७५ | June 28, 2018

काठमाडौं । सरकारले विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको छ ।
बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका ७ र भक्तपुरको एक स्थानमा विरोध प्रदर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौंमा खुल्लामञ्च, टुँडिखेल, तीनकुने, स्वयम्भु भगवानपाउ, पेप्सीकोला खेल मैदान, लैनचौरस्थित समाजकल्याण परिषद् र सिफल चौर गौशालामा विरोध प्रदर्शन गर्न पाइने छ ।
यस्तै भक्तपुरका लागि सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा विरोध प्रदर्शन गर्न पाइने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा

जानकारी दियो ।
यसअघि प्रदर्शनकारीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने गरेका थिए ।@lokaantar

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय