मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल
फिचर न्युज 1

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

  • सिधा दृष्टी शुक्रबार, असार ८, २०७५ | June 22, 2018

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ ।
शुक्रबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।”
महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।

महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुन्छ बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उहाँ आज बुटवल आउनुभएको हो । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय