कुमोद अधिकारी
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकारी राष्ट्रपति प्रणाली काग्रेसलाई कुनैपनी हालतमा मान्य नहुने वताउनु भएको छ । प्रेस युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।
वहुजाति, वहुभाषि भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनतालेपनी त्यसलाई नस्वइकार्ने उहाको तर्क थियो । नेता कोइरालालले आगामी पाचवर्ष सम्म काग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
कांग्रेस प्रतिपक्षमा वसेपनी विकास र समवृद्धिको एजेण्डामाभने पार्टिको सक्दो सहयोग रहने उहाले वताउनुभयो । एक प्रश्नमा उहाले सरकारको विरुद्धमा आन्दोलनगर्ने वेला अहिले नआएको बताउनुभयो । सरकारले न्यायालयलाई हस्तक्षेपगर्न खोजेको , मुलुकमा दण्डहिनता वढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने उहाले बताउनुभयो ।
नेता कोइरालाले कांग्रेस विचको गुट गुटका कारण पार्टि कमजोड वन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताउनुभयो । आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अर्लि महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनुपर्ने उहाले बताउनुभयो ।
सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको उहाले आरोप लगाउनुभयो ।नेता कोइरालालले संघिय सरकार प्रदेश सरकारलाई दिएको बजेट थोरै भएकाले संघियता कार्यान्वयमा समस्यापर्ने वताउनु भयो । उहाले संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानियतहा आई सकेको अवस्थामा संघिय सरकारले प्रदेस सरकारलाई वजेट विनियोजितगर्न कन्जुसाई गर्न नहुने उहाँको भनाई थियो ।