बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन
फिचर न्युज 1

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

  • सिधा दृष्टी बुधबार, जेष्ठ २३, २०७५ | June 6, 2018
pkk|wfg dx/f e]63f6df pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb’/ dx/f dfcf]jfbL s]Gb|n] 3f]/fxLdf z’qmaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmdf af]Nb} . tl:a/ M afnf/fd v8sf, bfª, /f;;

 

काठमाडौ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ ।
संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिनुभएको हो ।

 “संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको

अपेक्षा गरिएको छ । ” सभामुख महरा

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाले भन्नुभयो– “सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ, जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र चोटा धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।”
सदन नचलेको समयमा ‘कता जाआंै, कसरी दिन बिताआंै’ भन्ने दोधारमा परेका सांसदलाई कुर्सी, ज्ञान र चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सुझाव दिनुभयो ।
कानून, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानून निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– “संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहनेगरी कानून निर्माण गर्न तपाईहरुले ध्यान पु¥याउन आवश्यक छ ।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसदीय प्रक्रिया र काम कारबाहीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना भएको दुई दिने उक्त अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका २०० भन्दा बढी सांसदको सहभागिता छ ।
अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानुकूल तुल्याउनुपर्ने भएको हुँदा कानून निर्माणको जिम्मेवारीलाई पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय