बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • कपडाको मैत्रीपूर्ण झोला वितरण
फिचर न्युज 1

कपडाको मैत्रीपूर्ण झोला वितरण

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ २२, २०७५ | June 5, 2018

विराटनगर । विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ ।
प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरिमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा

निकायका प्रमुख, प्रजिअ, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो ।
सो अवसरमा स्वच्छ वातावरणका लागि प्रदेश प्रमुख तुम्बाहाङ, मन्त्री कुसियत, प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभातफेरि गर्नुभएको थियो । कोणसभामा प्रदेश प्रमुख तुम्बाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रदेश उद्योगमन्त्री कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूबाट शुरु गर्नुपर्ने प्लाष्टिक बहिष्कार गरी कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिका प्रमुख पराजुलीले फोहरबाट मोहर बनाउने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिनुभयो ।
कार्यकक्रममा प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल र महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले ‘स्वस्थ्य जीवन स्वच्छ वातावरण’ कायम राख्ने कार्यमा आजैदेखि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा प्लास्टिकको झोला बहिष्कार गर्न कपडाको मैत्रीपूर्ण झोला सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकलमैत्री बनाउने उद्देश्यले उद्योग मन्त्रालयले उपलब्ध गराएको २० थान साइकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गरिने मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले बताउनुभयो । (तस्वीर समावेश छ )

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय