मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
समाचार

कन्काईष्टको ‘बिरासत भाग–२’

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

काठमाडौं । गायक तथा संगीतकार कन्काईष्ट राईको नयाँ आधुनिक गीत बजारमा आएको छ । राजुबाबु श्रेष्ठको शब्दरचना रहेको ‘मुटुभित्र देउन मलाई बास’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ ।
गीति एल्वम ‘विरासत भाग–२’मा समावेश ‘मुटुभित्र देउन मलाई बास’मा गायक तथा संगीतकार कन्काईष्ट राईको समुधुर आवाज रहेको छ ।
यस गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने दृश्यहरु बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् ।
भि.रेकर्डस प्रालिले बजारमा ल्याएको

‘मुटुभित्र देउन मलाई बास’मा नायिका वेनिशा हमाल र टंक कुलुङ हुङगेलुको अभिनय देख्न सकिन्छ । यस भिडियोलाई सम्पादन विकाश धमलाले गरेका छन् ।
दुर्गा र केशुले गाए कौरा
काठमाडौं, (प्रस)– राजधानीको सामाखुसीस्थित आइतबार मार्मिक स्टुडियोमा ‘साइ“ली मन लोभियो देख्नेवित्तिकै’ बोलको कौरा गुञ्जि“दैथियो । गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङले उक्त कौरा गुन्गुनाइरह“दा मार्मिकका रेकर्डिङै व्यस्त थिए ।
उल्लेखित कौरा तथा टिपिकल चुट्का गीत आइतबार दुर्गा र केशुको स्वरमा रेर्कड भएको छ । संगीतकार समेत रहेका रेशम गुरुङ र केशु गुरुङको संयुक्त शब्दरचना रहेको यस गुरुङ संस्कृति बोकेको कौरामा लय रेशमको रहेको छ । यो गीत एल्बम ‘बुकी फूल’ का लागि तयार गरिएको हो ।
यस कौरा गीतले विवाह नगरी बसेकी युवतीलाई प्रेमका साथ ‘यंग्य’ गरिएको छ । यस गीतमा दुर्गा र केशुका अलावा कुम गुरुङ र लक्ष्मी रानालगायतका कलाकारको पनि स्वर सुन्न सकिनेछ ।
दुर्गा गुरुङको संगीत संयोजन रहेको यस कौरामा स्वर दिनकै लागि केशु दमौलीबाट राजधानी आएकी हुन् । उनले भनिन्, ‘यो गीत रेर्कड गर्ने योजना पहिलेदेखि नै थियो । आज बल्ल रेर्कड गरिएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय