बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
समाचार

त्रिभुवन क्लब सेमिफाइनलमा

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

काठमाडौं । एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आइतबार मूलपानी मैदानमा
सम्पन्न खेलमा आर्मीले प्रदेश नम्बर ४ लाई हराउ“दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, आइतबार नै अर्को खेलमा प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले हराएको छ । आइतबारको खेलबाट समूह ए बाट आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ भने समूह बी अन्तर्गत प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ ।
समुह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा

टस जितेर पहिले ब्याटिङ गरेको ४ नम्बर प्रदेश २९ ओभरमा मात्र ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउ“दा बा“की खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेन ।
प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।
जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउ“दै लक्ष्य पूरा ग¥यो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।
यता टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ विरुद्ध ९ विकेटको सहज जित हासिल ग¥यो । जितस“गै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयस“गै प्रदेश ६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको चार खेलबाट उसले १ अंकमात्र जोड्न सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२.५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउदा बा“की कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।
प्रदेश ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याच चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे ।
जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउ“दै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय