बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • नेपाल मुस्लिम संघ द्वारा मुख्य मन्त्रीलाई ज्ञापन
फिचर न्युज 1

नेपाल मुस्लिम संघ द्वारा मुख्य मन्त्रीलाई ज्ञापन

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

बुटवल । विदा कटौतीलगायतका विषय समेटेर नेपाल मुस्लिम संघ केन्द्रीय कमिटीले मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ससकराले विभिन्न पर्वको विदा कटौती गरेकोमा त्यसलाई पुनारावोलकनको माग सहित ज्ञापन पत्र बुझाइएको हो । आईतबार नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष अकिल मिया“को संयोजकत्वमा गएको प्रदेश ५ का सबै जिल्लाका अध्यक्षहरुको टोलीले भेटर मुख्य मन्त्रीको ध्यानाकर्षण गराउनुको साथै विभिन्न ६ बु“दे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रका मुस्लिम समुदायको महान पर्वहरु ईद, बकर ईद,

हजरत मुहम्मद जयन्तीका विदालाई तत्काल राष्ट्रिय विदा घोषणा गर्न माग गरिएको छ । यस्तै मुस्लीम समुदायले सदियौं देखि भोग चलन गर्दै आएको कब्र स्थानलाई तत्काल कब्रस्थानकै नाममा दर्ता गराई निस्सा प्रदान गर्न माग गरिएको छ ।
राज्यका हरेक तहमा समानुपातिक समावेशीका आधारमा मुस्लिम समुदायको सहभागीताको लागि माग समेत ज्ञापन पत्रमा गरिएको छ । यस्तै मदर्सा शिक्षालाई राष्ट्रिय मुलधारमा ल्याउनको लागि मदर्सा बोर्डको समेत गठन गर्न माग गरिएको छ । यस्तै सरकारी तथा अर्ध सरकार निकायमा कर्मचारी नियुक्ती गर्दा मुस्लिम समुदायको अनिवार्य रुपमा प्रतिनिधित्व माग गरिएको छ । संबैधानिक मुस्लिम आयोगको गठन गर्नको लागि समेत ज्ञापन पत्रमा जोड दिइएको केन्द्रीय सदस्य मिया“को भनाई रहेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले राष्ट्रिय विदाहरु कटौती केन्द्रीय सरकारले गरेको भन्दै प्रदेश स्तरमा विदाको विषयमा कमिटी गठन गरेर सुझाव संकलन गरिएको र सोही सुझावको आधारमा पुनःअवलोकन गर्न सकिने बताएका थिए । उनले मुस्लिम समुदायको शिक्षाको लागि प्रदेश सकारले विशेष जोड दिएको जानकारी दि“दै यसमा सबैको साथको आवश्यकता रहेको बताएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका महासचिव मोख्तार अहमद्, केन्द्रीय सचिव जमिला मिया“, केन्द्रीय प्रतिनिधि मो.सफिक मुसलवान, नवलपरासी पुर्व अध्यक्ष करिमदिन शेख, रुपन्देही अध्यक्ष मो. मेहबुब खा“, कपिलवस्तु अध्यक्ष असअव कमाल, अर्घाखा“ची अध्यक्ष मुस्तार अली(गोकुल), दाङ्ग जिल्ला अध्यक्ष मो. सलिम शाह, बा“के अध्यक्ष याकुब अन्सारी, बर्दिया अध्यक्ष मो. ऐयुब हलवार्ड, प्यूठान अध्यक्ष मो. हमिद शाह, पाल्पा अध्यक्ष हजील मिया“ लगायतको सहभागीता रहेको थियो । यस्तै प्रदेशसभा सदस्य फकुरुद्दिन खान, सल्लाहकार अहम हुनेसन, सहमद् मिया, जमशेर खान, केन्द्रीय सदस्य उस्मान अली, सिराम खान, जमिल मिया, कमाल द्दिन मिया, अब्दुल करामत, समसाद अहमद्, मुख्तार अहम्द, सहिद खान, रहमत मिया, अब्दुल कलाम, मौलाना अकिल अहमद्, अफाक अहमद् खान, सुरत मिया, जबर वक्स मिया लागायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय