बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा
फिचर न्युज 1

राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फकिएका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन् ।
राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिए ।
‘शनिबार साँझदेखि उहा“को फेरि सानो आन्द्राबाट रक्तस्राव भयो’ उनले भने, ‘उहा“को जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उहा“लाई अस्पतालमा भर्ना

गरेर उपचार गरिरहेका छौ“ ।’
ग्राण्डी अस्पतालस“ग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उनलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताए । अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डीस्थित उच्च हेरविचार इकाई (हाइकेयर युनिट) मा उपचार भइरहेको छ ।
उनी १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्कनु भएको थियो । उहाँलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रह“दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय