बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रधानमन्त्रीलाई जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन ः डा.रामशरण महत
फिचर न्युज 1

प्रधानमन्त्रीलाई जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन ः डा.रामशरण महत

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

आचार्य प्रदीप
बुटवल–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् ।
उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी गरे । ५ नम्बर प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले सस्तो लोकप्रियताका लागी मिठा मिठा शब्द जाल भरेर बजेट बनाएको दाबी गरे ।
एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरीए पनि त्यसका लागि कुनै

तयारी र अध्ययन नदेखिएको उनको भनाई छ । उनले भने, ‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरीकाले गरीने हो त्यो उल्लेख छैन् , शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’
सरकाले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूजी लगानी बिना आर्थिक बृद्वि संभव नभएको भन्दै उनले सरकारले पूजी लगानीलाई कर थोपरे र लगानीकर्तालाई निरुत्साहीत गर्न खोजेको आरोप लगाए । आर्थिक बृद्विदर हासील गर्नका लागी कति पूजी लागनी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाई छ ।
आर्थिक बृद्धिदर र पूजि लगानीमा ८० प्रतिशत नीजि क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लागनी हुने गरेको उल्लेख गरेका छन् ।
उनले भने, ‘नेपालमा ट्याक्स बढि छ, यस्ले लगानी बृद्धिलाइ असर गर्छ, ट्याक्स कम भएपो लगानी भित्रिन्छ ।’ १०० करोड भन्दा बढिलगानीलाइ पब्लिक लिमिटेड कम्पनीमा भनिएपनि यस्मा खास बैदेशीक लगानी नआउने उनले बताए ।
सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाइ डिस्करेज गर्न खोजेको उनको तर्क छ । ‘योजना ल्याउदा अध्ययन होस् तयारी होस् ,हावाका भरमा बजेट नबनाउनूस् ,प्रधानमन्त्रीलाइ जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन ।’
माननीयलाइ संसदीय बिकास क्षेत्रको पैसा ४ करोड दिन नहुने उनको भनाइ छ । ‘यो धेरै भो तैपनि सरकारले गलत ढंगले ल्याएको छ ,चोरबाटोबाट आएको छ यो ठीक होइन ।’ ‘सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं’

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. महतले सत्तापक्षको मिठो मिठो कुरा सुनेर इन्नोसेन्ट भएर तालि बजाउने मात्रै काम भएको भन्दै प्रतिप्रक्षको भूमिका निभाउनु पर्ने बताए । उनले भने, ‘सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं ।’
कांग्रेस संगठन बिस्तार अभियानमा रहेको भन्दै उनले कांग्रेस अब बलियो भएर अघि बढ्ने बताए । ‘कोठाकोठामा गुटबन्दी होला तर बाहिर छैन ,ब्यबस्थापकिय र संगठनात्मक कमजारी होलान् ,त्यो सुधार्र्छाै’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय