• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
समाचार

‘कतार संकट’को एक वर्ष

  • सिधा दृष्टी आइतवार, जेष्ठ २०, २०७५ | June 3, 2018

दुवई, (एएफपी)। खाडी मुलुक कतारविरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।
खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका थिए । उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए ।
कतारले ‘आतंकबाद’लाई सहयोग पु¥याएको र इरानसँग

Real Shoes 1

नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । तर, कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो ।
उनीहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ ।
नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न भनिएको पनि समाचारमा जनाइएको थियो ।
मागमध्ये एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिनु नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए । माग तथा सर्त पुरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाए । राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरे । त्यसपछि सेक्टेम्बर ९ मा साउदी अरबले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।
यसैबीच सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरेका छन् ।
नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो ।
त्यसैगरी, कतारले रसियाली एस–४०० हवाई रक्षा प्रणाली किनेमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको छ ।
रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुनलागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको समाचार सार्वजनिक भएको छ ।
कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो ।
त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । अरबको यो चेतावनीपछि भने कतारको कुनै प्रतिक्रिया आएको छैन ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभए

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किनुभएका सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा समस्याको

  • ५ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
अक्सफोर्ड हाईस्कूलमा गोली हानी हत्या र आतंकवादको अभियोगमा मिशिगन किशोरीलाई अभियोग लगाइएको छ

एक 15 वर्षीय केटालाई मिशिगन हाई स्कूलमा चार सहकर्मी विद्यार्थीको हत्या र थप घाइते भएको गोलीबारीको लागि हत्या र आतंकवादको आरोप लगाइएको थियो, अधिकारीहरूले बुधबार भने कि उनीहरूले थप विवरणहरू खुलासा गरे,

  • ५ घन्टा अघि
हिपत खबर
समाचार
तालिबानी लडाकु र इरानी सेनाबीच भिडन्त !

बुधबार तालिबानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ।भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।

  • ५ घन्टा अघि
हिपत खबर
समाचार
माइत हिँडेकी सरस्वती एक महिनादेखि वेपत्ता

रुपन्देही – नवलपुर, कावासोती-१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता भएको एक महिनाभन्दा बढी भइसक्दा पनि पत्तो नलाग्दा परिवार चिन्तित छन् ।गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत

  • ५ घन्टा अघि
हिपत खबर
समाचार
पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै काँग्रेस

काठमाडौं- मुलुक संघीय संरचनामा गएपछि नेपाली काँग्रेस बिहीबार पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।
सत्तारूढ दल काँग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन

  • ६ घन्टा अघि
हिपत खबर
समाचार
सप्ताहको पहिलो दिन बिधालयको लागि सहयोग गर्नेको ओइरो

चन्द्रागिरी २ , बाड्भन्ज्याङ्गमा श्री चण्डीका देवी मावी प्राङ्गणमा भैरहेको श्रीमद भागवत ज्ञान महायज्ञको पहिलो दिन बिधालयको सहयोगार्थ दानविरहरु राजेन्द्र श्रेष्ठ ,रमा बोगटी लगायतले ठूलो धन राशी दान गर्नु भएको छ उक्त सप्ताहमा आज करिव दश लाख बराबरको सहयोग रकम

  • २ दिन अघि
हिपत खबर
समाचार
राजनीति सेवाको क्षेत्र हो भन्ने नबुझ्दा लोकतन्त्र धरासायी भयाेः नेता: प्रकाश मान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासयी बनेको बताएका छन् । ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहले नै राजनीततिक धर्म

  • २ दिन अघि
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • ३ दिन अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • ३ दिन अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • ३ दिन अघि