क्यानाडा, (एजेन्सी) । अमेरिकी सरकारको निर्णयविरुद्ध युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु प्रतिकारमा उत्रिएका छन् । उनीहरुले स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी निर्णयको विरोधमा उत्रिएका हुन् ।
उनीहरुले यदि एकतर्फी रुपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्लाएर अघि बढ्ने धारणा राख्दै अमेरिकालाई त्यसका लागि तयार रहन चेतावनी पनि दिएका छन् ।
आगामी शुक्रबारदेखि अमेरिकाको उक्त निर्णय कार्यान्वयनमा आउन लागेकोले सो समय अगावै अर्थमन्त्रीहरुको यो भनाई आएको हो । त्यसअघि जि ७ समूहका अर्थमन्त्रीहरुले अमेरिकालाई
दिएको यो चेतावनीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनको पनि औद्योगिक राष्ट्रहरूको समूह ‘जी ७’ का अर्थमन्त्रीहरूले आलोचना गरेका छन् । अमेरिकाको उक्त नयाँ कानुनको विषयलाई लिएर उनले दिएको अभिव्यक्तिको उनीहरुले विरोध गरेका हुन् ।
ती सात देशका अर्थमन्त्रीहरूको क्यानाडामा बसेको बैठकपछि शनिबार उनीहरुले यस्तो धारणा राखेका हुन् । बैठकमा उनीहरुले संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध नै हुन सक्ने आरोप पनि लगाएका थिए ।
क्यानडाको विस्ट्लरमा भएको उक्त बैठकमा युरोपेली युनियन आवद्ध देशका साथै क्यानाडाले पनि यस्तो चेतावनी दिएको बताइएको छ । उनीहरुले अमेरिकाको उक्त नियमको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
उता फ्रान्सका अर्थमन्त्रीले त अमेरिकासँग आगामी केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्था रहेको बताएका थिए ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौँ वर्षदेखि अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि शोषण गरिरहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्वीट अकाउन्टमा उक्त करले अमेरिकी स्टील उत्पादकहरूको पक्षमा काममात्र गर्न खोजेको जनाएका छन् । कानुनले उनीहरुलाई संरक्षण गर्नमात्र खोजेको उनको तर्क छ ।