मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन
समाचार

पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन

  • सिधा दृष्टी सोमवार, जेष्ठ १४, २०७५ | May 28, 2018

एजेन्सी । पाकिस्तानमा आगामी जुलाई २५ तारिखमा आमनिर्वाचन हुने भएको छ ।
राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका हुन् । राष्ट्रपतिका प्रवक्ताले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन एकै दिन हुने जानकारी दिएका छन् ।
पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् ।
गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग (एन)ले खकानलाई प्रधानमन्त्री बनाएको

थियो ।
सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए ।
आगामी चुनावमा पूर्वक्रिकेटर इमरान खानको पार्टी तहरिक ए इन्साफले पाकिस्तान मुस्लिम लिगलाई टक्कर दिने अनुमान छ । नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिबन्ध लगाइदिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय